एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – आयातमा कमी हुँदा नेपालको वैदेशिक व्यापार घाटामा कमी आएको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा नाै खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको आठ महिनाको तुलनामा झन्डै १८ प्रतिशतले कमी हो ।
पछिल्लो आठ महिनामा व्यापार घाटामात्रै नभएर आयात र निर्यातमा पनि कमी आएको छ । साउनदेखि फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको आठ महिनाको तुलनामा १९ प्रतिशतले कमी हो । यस्तै एक खर्ब चार अर्ब ७९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ, यो अघिल्लो वर्षको आठ महिनाको तुलनामा २९ प्रतिशतले कमी हो ।
आठ महिनामा ३८ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । यस्तै २२ अर्बको तरकारी, झन्डै १२ अर्बको फलफूल, ६४ अर्बको घिउ/तेल र एक अर्ब ६५ करोड रुपैयाँको दुधजन्य पदार्थ आयात भएको छ । यस्तै दुई खर्ब २७ अर्बभन्दा धेरैको पेट्रोलियम पदार्थ, २९ अर्बको औषधी र कच्चा पदार्थ, २७ अर्बको बिउबिजन, ४० अर्बको पलास्टिकजन्य वस्तु र ८७ अर्ब रुपैयाँको फलामलगायतका वस्तु आयात भएका छन् ।
निर्याततर्फ २३ अर्बको घिउ/तेल, झन्डै चार अर्बको तरकारी र खाद्यान्न, १० अर्बको चिया/कफी र आठ अर्ब रुपैयाँको तयारी, पोसाकलगायतका सामान निर्यात भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।