पेन्सन सुधार कानुन यसै वर्षको अन्त्यसम्ममा लागू हुन्छ : फ्रान्सका राष्ट्रपति म्याक्रो

 चैत ९, २०७९ बिहीबार ६:५६:४८ | एजेन्सी
unn.prixa.net

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले सरकारको विवादास्पद पेन्सन सुधार कानुन यस वर्षको अन्त्यसम्ममा लागू गर्ने बताउनुभएको छ ।

सरकारको निर्णयमा देशव्यापी विरोध भइरहेको छ । साथै फ्रान्सको संवैधानिक अदालतले पनि आफ्नो अन्तिम निर्णय दिन बाँकी नै छ । तर राष्ट्रपति म्याक्रोले पेन्सन सुधार कार्यक्रम यसै वर्षको अन्त्यसम्ममा लागू गर्न आवश्यक रहेको बताउनुभएको छ ।

फ्रान्समा विपक्षी दलले पनि पेन्सनको उमेरलाई ६२ वर्षबाट बढाएर ६४ वर्ष बनाउने सरकारको निर्णयको विरोध गर्दै आएकाे छ। ‘आजका दिनमा हुने अलोकप्रियता स्वीकार्नु आवश्यक छ र म यसलाई स्वीकार गर्नेछु', राष्ट्रपति म्याक्रोले भन्नुभएको छ ।

उहाँले सुधारको कार्यक्रमबारे सबैलाई आश्वस्त पार्न आफूले कोसिस गरिरहेको तर अझै सफल हुन नसकेको समेत बताउनुभएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया