आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा सामान्यतया सफा

 चैत ९, २०७९ बिहीबार ७:४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । आज पानी पर्ने खासै सम्भावना छैन । तर स्थानीय वायु सक्रिय भए बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

पानी पर्ने सम्भावना कमै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा नै रहने छ । प्रि-मनसुनको समय भएकाले दिउँसो पछि मेघगर्जन र चट्याङसहित हावाहुरीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

विशेषगरी कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङ पर्ने अनुमान छ । यस्तै, अन्य प्रदेशका केही पहाडी  र तराईका एक/दुई ठाउँमा पनि चट्याङ र हावाहुरीको जोखिम रहेको मौसमविद्ले बताएका छन् । अहिले काठमाण्डाैसहित धेरै ठाउँमा घाम लागेको छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया