एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनुभएको छ ।
बिहीवार नेपाल—इटली उद्योग वाणिज्य सङ्घको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाए पनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रको गतिलाई अघि बढाउन तथा समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले नेपालको धेरै ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै व्यापार घाटा घटाउन उत्पादनको वृद्धि, आयात प्रतिस्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवर्धन गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले सुशासन कायम गर्न सकेनौँ, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न सकेनौँ र व्यापार घाटा कम गर्न सकेनौँ भने समृद्धिको जतिसुकै नारा लगाए पनि अर्थतन्त्र चलायमान हुन सक्दैन । यसले देशको समृद्धिको लक्ष्य पूरा गर्न सक्दैन । यसमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ । स्वाभाविकरूपमा यसका लागि नेतृत्वदायी पहल राज्यले लिनेछ ।’
मन्त्री श्रेष्ठले ऋणको ब्याजदर अहिले धेरै नै बढेको भए पनि व्यापारमा प्रभावकारी निर्णय गरेर कार्यान्वयन गर्ने विन्दुमा सरकार नरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले नेपाल र इटलीबीचको कुटनीतिक सम्बन्धलाई नागरिकस्तरमा विकास गर्दै दुई देशबीच एकअर्काका उत्पादन आदानप्रदान गर्ने र नेपालमा इटलीका पर्यटक भित्र्याउने काम गर्नुपर्ने बताउनुभयो । उहाँले आत्मनिर्भरअर्थतन्त्रको विकासमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।