एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
भित्री कारोबार गरेको आरोपमा नेपाल धितोपत्र बोर्डले न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको हो । न्यौपानेले पदमा बहाल रहेको अवस्थामा शेयर खरिद/बिक्री गरेको विषयमा अनुसन्धान गर्दा भित्री कारोबार भएको पुष्टि भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डले न्यौपानेविरुद्ध तीन करोड २३ लाख रुपैयाँ बिगो र एक वर्षसम्म कैद सजायको माग दाबी गरेको छ । बोर्डले उनलाई यसअघि नै कारबाही गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।