क्यानडाकाे जनसङ्ख्या वृद्धिदर ६५ वर्षयताकै उच्च

 चैत ९, २०७९ बिहीबार १८:१७:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यानडाकाे जनसङ्ख्या वृद्धिदर अघिल्लो ६५ वर्षयताकै उच्च भएकाे छ । क्यानडाको तथ्याङ्क विभागका अनुसार गएको वर्ष पहिलो पटक क्यानडाको जङ्संख्या १० लाख जनाभन्दा धेरैले बढेको छ । अब क्यानडाको जनसङ्ख्या ३ करोड ८५ लाख जनाबाट बढेर ३ करोड ९५ लाख जनाभन्दा धेरै पुगेको छ । यो वृद्धिदर दुई दशमलव सात प्रतिशत हो । यसअघि सन् १९५७ मा क्यानडामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव सात प्रतिशत थियाे ।

सरकारले देशको जनसङ्ख्या बढाउन र श्रमिकको अभाव हटाउन आप्रवासीलाई आकर्षित गरेको नतिजा स्वरूप अपेक्षितरूपमा जनसङ्ख्या बढेको जनाएको बीबीसीले जनाएको छ । क्यानडामा बुढ्यौली जनसङ्ख्याका कारण समस्या बढ्दै गएपछि सरकारले आप्रवासीलाई प्रवेश सहज बनाएर जनसङ्ख्या बढाएको हो । गएकाे वर्ष जनसङ्ख्या वृद्धिको ९६ प्रतिशत हिस्सा आप्रवासीले ओगटेका पनि खबरमा उल्लेख छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन टुड्रोले सन् २०१५ मा सत्ता सम्हालेदेखि नै जनसङ्ख्या बढाउनका लागि आप्रवासीहरू भित्र्याउने नियम खुकुलो बनाउनुभएको छ । गएकाे वर्ष पनि क्यानडाले हरेक वर्ष पाँच लाख जना आप्रवासी भित्र्याउने घोषणा गरेको छ । अहिले जस्तै क्यानडामा हरेक वर्ष दुई दशमलव सात प्रतिशतको जनसङ्ख्या वृद्धि भएमा जनसङ्ख्या दोब्बर हुन २६ वर्ष लाग्नेछ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया