श्रीलङ्कामा स्थानीय निकायको चुनाव अनिश्चितकालका लागि स्थगित

 चैत १०, २०७९ शुक्रबार ९:५:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

श्रीलङ्कामा स्थानीय निकायको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । श्रीलङ्काको निर्वाचन आयोगले हिजो स्थानीय निकायको चुनाव अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको हो ।

आयोगका सदस्यहरूको बैठकपछि निर्वाचन आयुक्त समन श्री रत्नायकेले चुनाव अब कहिले गर्ने भन्ने विषयमा आयोगबीच सहमति हुन नसकेको जानकारी दिनुभयो । उहाँले आयोगले चाँडै नै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने र त्यसपछि भावी कार्ययोजनाका बारेमा निर्णय गर्ने बताउनुभयो । यसअघि सुरुमा मार्च ९ का लागि तय गरिएको थियो । तर सरकारले चुनाव खर्च उपलब्ध नगराएपछि चुनाव अप्रिल २५ का लागि तय गरिएको थियो ।

श्रीलङ्कामा स्थानीय निकायको चुनाव हरेक चार वर्षमा एक पटक हुने संवैधानिक व्यवस्था छ । यसअघि सन् २०२२ को सुरुमै हुनुपर्ने चुनाव आर्थिक सङ्कटका कारण पटक पटक स्थगित हुँदै आएको छ । श्रीलङ्कामा आर्थिक सङ्कटका कारण चुनावलगायतका थुप्रै गतिविधिहरू प्रभावित भएका छन् ।

प्रश्नपत्र छपाउन कागज किन्ने पैसा नभएपछि श्रीलङ्का सरकारले गएको वर्ष राष्ट्रिय परीक्षा समेत स्थगित गरेको थियो । इन्धन, खाद्यान्नलगायतको सङ्कट पनि अझै हटिसकेको छैन ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया