फ्रान्स : पेन्सन योजनाविरुद्ध लाखौँ मानिस सडकमा, बोर्डो टाउन हलमा आगलागी, ८० जना पक्राउ

 चैत १०, २०७९ शुक्रबार १०:२४:४० | एजेन्सी
unn.prixa.net

पेन्सन पाउने उमेर बढाउने सरकारको योजनालाई लिएर फ्रान्समा लाखौँ मानिस सडकमा उत्रिएका छन् । प्रदर्शन चर्किएका बेला बोर्डो टाउन हलमा आगो लागेको छ । हिजो बेलुका दक्षिण पश्चिमी सहर बोर्डोको टाउन हलको मूल ढोकामा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दमकलको सहायतामा आगो तत्काल निभाइएको थियो । कसरी आगलागी भयो खुलेको छैन । फ्रान्सका विभिन्न सहरमा गरी १० लाख मानिस सडकमा आएका तथा तीमध्ये एक लाख १९ हजार मानिस राजधानी पेरिसमा रहेको आन्तरिक मन्त्रालयको तथ्याङ्क छ।

पश्चिमी सहरहरू नान्टेस, रेनेस र लोरिएन्टमा पनि झडपहरू भएका थिए । प्रदर्शनको क्रममा देशभरबाट ८० जना पक्राउ परेका छन् । सेवा निवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ वर्ष पुर्याउने कानुनविरुद्ध प्रदर्शन सुरु भएको हो । विरोध प्रदर्शनका कारण रेल सेवा, तेल प्रशोधन केन्द्रहरू पनि असर परेको बीबीसीले जनाएको छ ।

पेरिसमा फोहर सङ्कलन गर्ने कामदारहरूले मार्च ६ मा पेन्सनबारे नयाँ योजनाविरुद्ध हड्ताल सुरु गरेका थिए र यो आउँदो सोमवारसम्म जारी रहने छ । गएको जनवरीयता त्यहाँ नौ दिन विरोध प्रदर्शन भइसकेको छ र फ्रान्सेली सङ्घहरूले अर्को मङ्गलवार थप हड्तालसहित दशौँ दिनको कार्यक्रम आह्वान गरेका छन् ।

फ्रान्समा अवकाश पाउने र पेन्सन पाउन सक्ने उमेर बढाउने कानुन बनाउने सरकारको योजनाका कारण समस्या निम्तिएको हो । तर निर्णयको पक्षमा मतदान गर्न संसदमा पर्याप्त समर्थन छैन । फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोले यसलाई पारित गर्नु महत्त्वपूर्ण हुने बताउनुभएको छ।

त्यस्तै प्रधानमन्त्री एलिजावेथ बोर्नले भने भविष्यमा आर्थिक समस्याबाट जोगिन यस्ता परिवर्तनहरू आवश्यक भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया