पानीमुनि आणविक ड्रोन आक्रमणको परीक्षण गरेको उत्तर कोरियाको दाबी

 चैत १०, २०७९ शुक्रबार १४:३६:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

उत्तर कोरियाले पानीमुनि आणविक ड्रोन आक्रमणको परीक्षण गरेको दाबी गरेको छ । यो अमेरिका र दक्षिण कोरियाको पछिल्लो सैन्य अभ्यास रोक्न उत्तर कोरियाले दिएको पछिल्लो चेतावनी भएको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर कोरियाको आधिकारिक सञ्चारमाध्यमले आणविक तत्त्वले सुसज्जित ड्रोनले शत्रुलाई नष्ट गर्ने बताएको छ । पानीमुनि आणविक ड्रोन परीक्षण गर्दा उत्तर कोरियाली नेता किम जोङसमेत सहभागी भएको तस्बिर पनि सार्वजनिक भएको छ । दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरियाको बढ्दो हतियार दम्भलाई चेतावनी दिँदै महत्त्वाकाङ्क्षी सैन्य अभ्यास गरिरहेका छन् ।

विगतका वर्षहरूमा दुवै देशले यति ठूलो युद्धाभ्यास नगरेको खबरमा उल्लेख छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाले लापरबाह र उक्साहटको मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया