राहुल गान्धीकाे सांसद पद खारेज

 चैत १०, २०७९ शुक्रबार १६:१३:४४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चार वर्ष पुरानाे आपराधिक मानहानी मुद्दामा दुई वर्षकाे जेल सजायकाे फैसलापछि भारतीय कांग्रेसका नेता राहुल गान्धीकाे सांसद पद खारेज भएकाे छ ।

हिजाे बिहीवार गुजरातकाे सूरत जिल्ला अदालतले कांग्रेस नेता गान्धीलाई दाेषी ठहर गर्दै सजाय सुनाएकाे एक दिनपछि आज शुक्रवार संसद्काे तल्लाे सदनकाे कार्यालयले सांसद पद खारेज भएकाे निर्णय सुनाएको हो ।

राहुल गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद पदमा निर्वाचित हुनुभएकाे थियाे । उहाँ अहिले ३० दिनका लागि जमानतमा हुनुहुन्छ र अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताउनुभएकाे छ । 

सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिनुभएकाे थियाे । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिनुभएकाे थियाे ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया