अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको ज्यान गयाे

 चैत ११, २०७९ शनिबार १९:२०:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको मिसिसिपी राज्यमा आएकाे आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाकाे ज्यान गएकाे छ । चार जना आँधीमा बेपत्ता भएका छन् भने थुप्रै मानिस घाइते भएका बीबीसीले जनाएकाे छ । 

करिब १६० किलाेमिटर प्रतिघण्टाकाे गतिमा आएकाे आँधीबाट अमेरिकाकाे  शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टी दुई जना, हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक जनाकाे ज्यान गएकाे छ । बेपत्ता भएकाहरुकाे खाेजी भइरहेकाे र मृतककाे सङ्ख्या बढ्न सक्ने खोजी तथा उद्धार कार्यमा खटिएकाहरुले जनाएका बीबीसीमा उल्लेख छ । 

 मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार अमेरिकाकाे ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य भइरहेकाे छ । 

 मृतक र बेपत्ताहरूको सङ्ख्या निकै हुनसक्ने अधिकारीहरूले बताएका छन् । शुक्रवार देशभरका विभिन्न क्षेत्रमा चक्रवातको चेतावनी जारी गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया