ईयू र जर्मनीबीच जीवाश्म इन्धन प्रयोग हुने कार हटाउने महत्त्वपूर्ण योजनामा सम्झौता

 चैत १२, २०७९ आइतबार ६:४६:३४ | एजेन्सी
unn.prixa.net

युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध रुपमा हटाउने विषयमा सम्झौता भएको छ ।

सन् २०३५ देखि जीवाश्म इन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम्ममा शुद्ध–शून्य हरितगृह ग्यास उत्सर्जनको साथ ‘जलवायु–तटस्थ’ अर्थव्यवस्था बन्ने ईयूको महत्वाकाङ्क्षी योजनाको लागि महत्त्वपूर्ण मानिएको छ ।

सम्झौतापछि ईयूका वातावरण आयुक्त फ्रान्स टिमरम्यान्सले भविष्यमा कारमा विद्युतीय इन्धनको प्रयोगका लागि जर्मनीसँग सम्झौता गरिएको बताउनुभएको छ । जर्मनीले पेट्रोलियम पदार्थ तथा ग्यास इन्जिन भएका गाडीले कार्बन डाइअक्साइड उत्सर्जनमा ‘तटस्थ इन्धन’ प्रयोग गरेमा सन् २०३५ पछि पनि दर्ता भइरहन सक्ने जनाएको छ ।

युरोपेली आयोग र जर्मनीबीच लामो वार्तापछि सम्झौतामा देखिएको गतिरोध अन्त्य भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।  

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया