स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी, ३ हजार हेक्टर क्षेत्रफल जङ्गल नष्ट

 चैत १२, २०७९ आइतबार २०:०:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागी भइरहेको छ । हिजो शनिवारदेखि विशाल जङ्गलमा सुरु भएको आगलागीले अहिलेसम्म तीन हजार हेक्टर क्षेत्रफल जलेर ध्वस्त भएको छ ।

जङ्गल वरपरका एक हजार पाँच सय जना नागरिकलाई सुरक्षित स्थानमा सारिएको समाचार संस्था रोयटर्सले जनाएको छ । दर्जनाैँ दमकलसहित सात सय जना आगलागी नियन्त्रक खटिए पनि आगो निभेको छैन । चर्को खडेरी र तीव्र गतिको हावाका कारण आगो निभाउन कठिन भइरहेको आगलागी नियन्त्रणमा संलग्न अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

अहिलेको आगलागीले गइकार्त वर्षको भीषण आगलागीको झल्को दिएको छ । गएको वर्ष स्पेनमा चार सय ९३ वटा आगलागीका कारण तीन लाख सात हजार हेक्टर क्षेत्र जलेको थियो । यस्तै युरोपमा गएकाे वर्ष आगलागीले सात लाख ८५ हजार हेक्टर क्षेत्रफलमा रहेको जङ्गल ध्वस्त भएको थियो । आगलागीबाट हुने १६ वर्षमा क्षति पोहोर एकै वर्ष भएको थियो ।

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले आगलागी निकै डरलाग्दो भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण आइलागेका यस्ता विपत्तिले देशलाई ठूलो क्षति गरेको बताउनुभएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया