अमेरिकाको मिसिसिपीमा सङ्कटकाल घोषणा : आँधीका कारण जनजीवन प्रभावित

 चैत १३, २०७९ सोमबार ८:५२:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको मिसिसिपीमा सङ्कटकाल घोषणा गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गर्नुभएको छ । उहाँले आँधी तथा चक्रवातबाट प्रभावित क्षेत्रमा पुनर्स्थापनाका प्रयासलाई तीव्र पार्न सङ्घीय सहायताको आदेश दिनुभएको छ ।

मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले आँधीबेहरी अझै केही दिन सक्रिय रहनसक्ने चेतावनी दिएको छ । शुक्रवार आएको आँधी र चक्रवातबाट मिसिसिपीमा कम्तीमा २६ जनाको ज्यान गएको छ । खोज तथा उद्धारको प्रयास भइरहेको पनि राज्य सरकारले जनाएको छ ।

दुई सय ६५ देखि तीन सय २० किलोमिटरको वेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले ठूलो क्षति गरेको छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया