आज सुन चाँदीको भाउ घट्यो

 चैत १३, २०७९ सोमबार ११:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया