दिनभरको उतारचढावपछि नेप्से झन्डै १८ अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

 चैत १३, २०७९ सोमबार १५:१५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लामो समयपछि शेयर बजार आज साेमवार बढेको छ । दिनभरको उतारचढावपछि शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७० अङ्कले बढेर एक हजार नौ सय छ विन्दुमा पुगेको हो ।

आज लघुवित्त समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजार दिउँसो साढे २ बजेदेखि बढ्न थालेको थियो ।

आज बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय ६१ वटा कम्पनीका ४३ लाख आठ हजार कित्ता शेयर एक अर्ब ३८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो  ।

आज सुपरमाई हाइड्रो, कालिञ्चोक दर्शन लिमिटेड, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर १० प्रतिशत र जालपा सामुदायिक लघुवित्तको शेयर साढे आठ प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया