धनकुटाकाे अपसेट प्रेसमा आगलागी, ५० लाख रुपैयाँभन्दा बढीको क्षति

 चैत १४, २०७९ मंगलबार १२:५१:२७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटा नगरपालिका–७, हुलाकटोलमा रहेकाे जनविश्वास अपसेट प्रेसमा आगलागी हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । 

धनकुटा नगरपालिका–७ मा रहेकाे राधा लिम्बूको घर भाडामा लिएर दाजुबहिनी सञ्जयसन्तोषी राई र विमलसन्तोषी राईले प्रेस सञ्चालन गर्दै आएकाे प्रेसमा आज बिहान आगलागी भएकाे हाे ।

आगलागीबाट प्रेसको मेसिनसहित अन्य सामानहरु जलेर पूर्णरुपमा नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी नरेन्द्र कुँवरले बताउनु भएकाे छ । 

धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि करिब ७ बजेतिर आगाे निभाएका थिए ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीकाे अनुमान छ । प्रेसबाट जनविश्वास साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया