मेक्सिकोको आप्रवासी नियन्त्रण केन्द्रमा आगलागी : ४० जनाको ज्यान गयो, २८ जना घाइते

 चैत १५, २०७९ बुधबार ८:५५:२९ | एजेन्सी
unn.prixa.net

अमेरिकी सीमा नजिकै पर्ने उत्तरी मेक्सिकोको एउटा आप्रवासी नियन्त्रण केन्द्रमा भएको आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको छ । घटनामा २८ जना घाइते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको मेक्सिकोको राष्ट्रिय आप्रवासन संस्थाले जनाएको छ । आगलागीका बेला केन्द्रमा मध्य र दक्षिण अमेरिकाका गरी ६८ जना आप्रवासी थिए । आगलागी भएको क्षेत्र आसपासमा मेक्सिको हुँदै अवैध रुपमा अमेरिका छिर्न चाहने अवसर खोजिरहेका आप्रवासी वा शरणका लागि आवेदन दिएर कुरिरहेका शरणार्थीका थुप्रै शिविर रहेको बीबीसीले जनाएको छ ।

मानव तस्करले जोखिमपूर्ण यात्रा गराउँदै विभिन्न देशका आप्रवासीलाई अवैध रुपमा अमेरिका प्रवेश गराउँदै आएका छन् । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया