पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) लाई विघटन गरिदिएको छ । सैनिक सरकारको आदेशमा चल्ने त्यहाँको निर्वाचन आयोगले तोकिएका नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि सुकीको पार्टी एनएलडी खारेज भएको जनाएको छ ।
एनएलडीसहित अन्य ४० वटा दल पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका अलजजिराले जनाएको छ । सैनिक सरकारले गएको जनवरीमा राजनीतिक दलहरुलाई मापदण्ड पूरा गरेर आयोगमा दर्ता हुनका लागि दुई महिनाको समय दिएको थियो । एनएलडीले जेलमा रहेका आफ्ना नेताहरुको रिहाइ नभई सैनिक सरकारले गराउने चुनावमा भाग नलिने अडान राख्दै आएको छ ।
सन् २०२० मा भएको चुनावमा एनएलडीले भारी बहुमत प्राप्त गरेको थियो । तर, सेनाले ब्यापक धाँधली भएको आरोप लगाउँदै निर्वाचित सरकारलाई सत्तारोहण हुनबाट रोक्दै शासन आफ्नो हातमा लिएको थियो । नेतृ सुकीलाई नजरबन्द गरिएको छ । विभिन्न आरोपमा कैद सजाय पनि तोकिएको छ । सेनाले शासनसत्ता लिएपछि म्यानमारमा विरोध भैरहेको छ । सेनाप्रमुख मिन ओङ ह्लाइङले केहिदिन अघि मात्रै देशमा चुनाव हुने र निर्वाचित भएर आउने पक्षलाई सत्ता हस्तान्तरण गर्ने दाबी गर्नुभएको छ । तर चुनाव कहिले हुन्छ निश्चित छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।