एलन मस्क र केही विज्ञद्वारा एआईको व्यापकता रोक्न आग्रह

 चैत १६, २०७९ बिहिबार ८:१९:३ | एजेन्सी
unn.prixa.net

अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली कृत्रिम बौद्धिकता (एआई) को व्यापकता विकास तत्कालका लागि रोक्न आग्रह गरेका छन् ।

सान फ्रान्सिस्कोको कम्पनी ओपनएआईबाट जीपीटी–४ सार्वजनिक गरिएपछि मस्क र एप्पलका सह–संस्थापक स्टिभ वोज्नियाकसहित एक हजारभन्दा धेरैले हस्ताक्षर गरेको खुला पत्रमा एआईको व्यापकता रोक्न आग्रह गरिएको हो ।

‘ओपन एआई’ कम्पनीका अनुसार यसको पछिल्लो मोडेल च्याट जीपीटीलाई पावर गर्न प्रयोग गरिएको अघिल्लो संस्करणको तुलनामा धेरै शक्तिशाली छ । स्वचालित कार्यक्रम ‘बोट’ ले सामान्य तथा संक्षिप्त बुँदाका आधारमा लेखन सामग्रीलाई तयार गर्न सक्षम हुन्छ ।

‘मानव प्रतिस्पर्धात्मक बुद्धिमत्ता भएको एआई प्रणालीले समाज र मानवताका लागि गहिरो जोखिम निम्त्याउन सक्छ’ पज जाइन्ट एआई एक्सपेरिमेन्ट्स शीर्षकको खुला पत्रमा भनिएको छ ।

शक्तिशाली एआई प्रणालीको विकास यसको प्रभाव सकारात्मक हुने र त्यसको जोखिम व्यवस्थापन गर्न सकिने अवस्थामा मात्रै विकास गर्न सकिने खुला पत्रमा उल्लेख रहेको समाचार संस्था एएफपीले जनाएको छ।

अर्बपति एलन मस्क ओपनएआईमा प्रारम्भिक लगानीकर्ता हुनुहुन्थ्यो भने यसको सर्वोच्च समितिमा वर्षौँ बिताउनुभएको थियो । (एआई) अथवा कृत्रिम बुद्धिमताले ३० करोड पूर्णकालीन जागिरहरू प्रतिस्थापन गर्न सक्ने एउटा प्रतिवेदनले समेत देखाएको छ ।

इन्भेष्टमेन्ट बैंक गोल्डम्यान साक्सको एक प्रतिवेदनले युरोप र अमेरिकामा एक चौथाई रोजगारी कटौती गर्न सक्ने देखाएको बीबीसीले जनाएको छ । तर, प्रतिवेदनले अरु रोजगारी सिर्जना गर्ने र यसले विश्वको वस्तु र सेवाको उत्पादनशीलता ७ प्रतिशतले बढाउनसक्ने पनि देखाएको छ ।

कन्टेट लेख्ने क्षमता यसको प्रमुख प्रगति भएको प्रतिवेदनमा उल्लेख छ । च्याट जीपीटी लगायतका एआईको प्रयोग बढ्न थालेपछि यसको प्रभाववारेमा बहस सुरु भएको हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया