सुनको भाउ घट्यो, चाँदीको बढ्यो

 चैत १६, २०७९ बिहिबार ११:५७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको भाउ तोलामा १  लाख ८ हजार ५ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो भाउ हिजोको भन्दा तोलामा १० रुपैयाँले धेरै हो। 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया