ताइवानका राष्ट्रपति साइ अमेरिकाको न्युयोर्कमा

 चैत १६, २०७९ बिहीबार १२:२०:१७ | एजेन्सी
unn.prixa.net

ताइवानका राष्ट्रपति साइ इङ्ग–वेन अमेरिकाको न्युयाेर्क पुग्नुभएको छ । आफ्ना सहयोगीसँगको कुटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा उहाँ अमेरिकाको न्युयाेर्क पुग्नुभएको हो । न्युयाेर्कमा उहाँलाई समर्थकले स्वागत गरेका छन् ।

ताइवानी राष्ट्रपतिले अमेरिकी सभामुखलाई भेटेमा त्यसविरुद्ध कदम चाल्ने चीनले चेतावनी दिएको छ । चीनको चेतावनीकैबीच उहाँ न्युयाेर्क पुग्नुभएको हो । साथै, सभामुख केभिन म्याकार्थीलाई भेट्ने तयारी रहेको बीबीसीले जनाएको छ ।

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ । राष्ट्रपति साइको पछिल्लो भ्रमणले चीन–अमेरिकाबीचको विवाद थप बढ्ने सङ्केत देखिएको छ । न्युयाेर्कको भ्रमणपछि उहाँले ग्वाटेमालाका राष्ट्रपति अलेजान्ड्रो गियामाटेइ र बेलीजका प्रधानमन्त्री जोन बिसेनोलाई उहाँहरूकै देशमा भेट्ने कार्यक्रम छ ।

स्वदेश फर्कनेक्रममा उहाँ लस एन्जलसमा केही समय बस्नुहुनेछ । गएको वर्ष पूर्वसभामुख न्यान्सी पोलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साइलाई भेटेपछि बेइजिङले आफ्ना सेनालाई ताइवान टापु वरपर उतारेर सैन्य अभ्यास गरेको थियो।

अमेरिका–ताइवान सम्बन्ध बढ्दै गएपछि चीनले यसतर्फ चासो बढाएको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स ली ले बताउनुभएको छ । यसैबीच एक वरिष्ठ अमेरिकी उच्च प्रशासकले राष्ट्रपति साइको भ्रमणलाई बहाना बनाएर अवाञ्छित क्रियाकलापमा नउत्रन चीनलाई अनुरोध गरेका छन् ।

साथै उनले चीनको चेतावनीबाट अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट पनि पारेका समाचार संस्था एएफपीले जनाएको छ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया