भारतकाे इन्दाैरमा मन्दिरकाे छत भत्किँदा १३ जनाकाे ज्यान गयाे

 चैत १६, २०७९ बिहिबार २०:१२:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतकाे मध्य प्रदेशको इन्दौरमा एक मन्दिरको छत भत्किँदा १३ जनाको ज्यान गएको छ । रामनवमीको अवसरमा लागिरहेको मेलामा अत्यधिक भिडका कारण मन्दिरको छत खस्दा १३ जनाको ज्यान गएको हो ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले मन्दिरकाे छत भत्किँदा १० महिलासहित १३ जनाकाे ज्यान गएको बताउनुभयो । अहिलेसम्म १९ जनालाई उद्धार गरेर अस्पताल पठाइएकाे छ ।

रामनवमी मनाउन मन्दिरमा मानिसहरू जम्मा भएका थिए, त्यही समयमा मन्दिरमा रहेको छाना खसेको थियो । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका आफन्तलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया