अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने

 चैत १७, २०७९ शुक्रबार ८:१५:२९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ । म्यानहटन ग्रान्ड ज्युरीले ट्रम्पविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय गरेको हो । अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा चल्न लागेको यो पहिलो पटक हो ।

पोर्न स्टार स्ट्रोमी ड्यानियल्सलाई आफूहरूको सम्बन्धबारे चुप रहन ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएको अभियोगमा ज्युरीले अनुसन्धान गरेको थियो । अभियोगबारे थप विवरण खुलिनसकेको बीबीसीले जनाएको छ ।

सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्ने अनुमान छ । ट्रम्प आउँदो मङ्गलवार अदालतमा उपस्थित हुने खबरमा उल्लेख छ । ट्रम्पले आत्मसमर्पण नगरे पक्राउ गरिनेछ । तर ट्रम्पले आफू निर्दोष रहेको र फसाउने षड्यन्त्र भइरहेको दाबी गर्दै आउनुभएको छ ।

न्युयोर्कका डेमोक्र्याट कङ्ग्रेस सदस्य डेन गोल्डम्यानले ट्रम्पले राजनीतिक क्षेत्रमा नभइ अदालतमा आफ्नो रक्षा गर्नुपर्ने प्रतिक्रिया दिनुभएको छ । सामाजिक सञ्जालमा गोल्डम्यानले कानुनको शासनले यसको माग गर्ने उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया