सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

 चैत १७, २०७९ शुक्रबार १०:५६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनकाे भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो १ लाख ८ हजार २ सय रुपैयाँ  थियो ।

हप्ताको पहिलो दिन पनि सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको थियो । यसअघि गएको ५ गते एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया