पूर्वी कङ्गोबाट बुरुन्डीमा शरणार्थी बनेकाको खाद्यान्नमा आधाले कटौती हुने

 चैत १७, २०७९ शुक्रबार १२:१२:४९ | एजेन्सी
unn.prixa.net

पूर्वी कङ्गोबाट बुरुन्डीमा शरणार्थी बनेकाको खाद्यान्नमा आधाले कटौती हुने भएको छ । भोलि अप्रिल एकदेखि खाद्यान्न सहायता रासन आधा कटौती गरिने विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले घोषणा गरेको छ ।

झण्डै ५६ हजार कङ्गोली शरणार्थी बुरुन्डीका पाँच वटा शिविरमा छन् । उनीहरुको खाद्य आवश्यकताको लागि कोषको कमीको कारण आधा मात्र सहयोग जाने संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व खाद्य कार्यक्रमले भनेको छ । विश्व बैंकले बुरुन्डीलाई प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको आधारमा विश्वको सबैभन्दा गरिब देशको सूचीमा राखेको छ ।

डब्ल्यूएफपीका अनुसार अहिलेसम्म उसले हरेक शरणार्थीलाई दैनिक दुई हजार एक सय किलोग्राम क्यालोरीको आवश्यकता पूरा गर्न शून्य दशमलव ५५ अमेरिकी डलर बराबरको नगद वा खाना प्रदान गरेको छ । डब्ल्यूएफपीका बुरुन्डी प्रतिनिधि हुसेनो तालका अनुसार आउँदो छ महिनाका लागि ५६ हजार शरणार्थीलाई पूर्ण रासन खुवाउन तत्काल ७१ लाख अमेरिकी डलरको आवश्यकता छ ।

रुस–युक्रेन युद्धका कारण डब्ल्यूएफपीले आर्थिक अभाव र खाद्यान्नको बढ्दो मूल्यको सामना गरिरहेको छ । यसै कारण डब्ल्यूएफपीले बङ्लादेशमा रहेका रोहिङ्ग्या शरणार्थीका लागि खाद्यान्न कटौती गरिसकेको छ।     
 

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया