अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

 चैत १७, २०७९ शुक्रबार १६:५१:१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ । अमेरिकाका पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा दर्ता भएको याे पहिलो पटक भएको बीबीसीले जनाएको छ ।

लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको हो । ट्रम्पमाथि विवाहेतर यौनसम्बन्धलगायत दुई दर्जन मुद्दा लाग्ने बीबीसीले जनाएको छ । मुद्दा दर्तासँगै ट्रम्पको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुन सक्ने जनाइएको छ । ट्रम्प पुनः राष्ट्रपतिमा चुनाव लड्ने योजनामा रहनुभएकोमा अब त्यो बाटो बन्द हुने देखिएको बीबीसीले जनाएको छ ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पले पूर्व पोर्नस्टार स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न दिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक भने गरिएको छैन ।

पूर्वराष्ट्रपति ट्रम्पले भने आफूमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ । उहाँले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भन्नुभएको छ । ट्रम्प आउँदो मङ्गलवार अदालतमा हाजिर भएर आफ्नो प्रतिरक्षा गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया