नुवाकोटको बेतिनीमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

 चैत १८, २०७९ शनिबार ११:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा हिजो भएको दुर्घटना ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।

घटनास्थलमा दुईजना र उपचारको क्रममा गएराति थप एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको अनुसार ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको ज्यान गएको हो ।

घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको ज्यान गएको थियो । दुर्घटनामा परेर घाइते भएका १० जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।     
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया