सुनको भाउ ६ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

 चैत १९, २०७९ आइतबार ११:३८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हप्ताको पहिलो दिन सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ८ हजार ६ सय रुपैयाँ छ ।

अस्ति सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया