अर्थ मन्त्री महतलाई शेयर बजारको रातो झण्डा, २० अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

 चैत १९, २०७९ आइतबार १५:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । नयाँ अर्थ मन्त्री डाक्टर प्रकाशशरण महतले जिम्मेवारी सम्हालेपछि खुलेको पहिलो कारोबारमा बजार घटेर राताम्मे भएको हो ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुमा झरेको छ । आज दुई सय ६० वटा कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबै समूहकाे शेयर घटेकाेमा व्यापार, बीमा, जलविद्युत्, विकास बैंक, माइक्राेफाइनान्स र उत्पादन तथा प्रशाेधन समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । 

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर साढे नाै प्रतिशतले र कालिका लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया