रुसमा विस्फोट : सेनाका प्रमुख ब्लगरको ज्यान गयो, २५ जना घाइते

 चैत २०, २०७९ सोमबार ७:२:३४ | एजेन्सी
unn.prixa.net

रुसको सेन्ट पिटर्सबर्गमा भएको विस्फोटमा सेनाका प्रमुख ब्लगरको ज्यान गएको छ । २५ जना घाइते भएका छन्  । विस्फोटमा रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने भ्लादेन तातारस्कीको ज्यान गएको बीबीसीले जनाएको छ ।

सेन्ट पिटर्सबर्गमा रहेको एक क्याफेमा विस्फोट भएको हो । तातारस्कीलाई रुसी सेनाको प्रमुख ब्लगर मानिन्थ्यो । उहाँ रुसमा लोकप्रिय हुनुहुन्थ्यो । रुसको गृह मन्त्रालयले उहाँको ज्यान गएको पुष्टि गरेको छ । उहाँको वास्तविक नाम मेक्सिम फोमिन रहेको जनाइएको छ । उहाँले युक्रेनमाथि रुसको आक्रमणको समर्थन गर्दै आउनु भएको थियो ।

युक्रेनको सीमा क्षेत्रमा उहाँले रिपोर्टिङ गर्नु भएको थियो भने गएको वर्ष उहाँले बनाउनु भएको एउटा भिडियोले निकै चर्चा बटुलेको थियो । भिडियोमा उहाँले आफूहरुले जो सुकैलाई हराउने दाबी गर्नु भएको थियो । रुसी सञ्चारमाध्यमका अनुसार तातारस्कीलाई उपहारमा एउटा बक्स दिइएको थियो । त्यो बक्समा विस्फोटक पदार्थ राखिएकोले विस्फोट भएको दाबी गरिएको  छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा विस्फोट र सडकमा घाइते भएकाहरु देख्न सकिन्छ । घटना कसले गरायो भन्नेबारे अनुसन्धान थालिएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया