बेलुकीपख हावाहुरी र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने, पश्चिमी वायु सक्रिय हुँदा जाडो

 चैत २०, २०७९ सोमबार ७:१०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धेरै ठाउँको मौसम अहिले सफा भए पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसोदेखि नै मौसम बदली भइ बेलुकीपख हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार आज बाग्मती, कोशी, गण्डकी र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ।

केही दिनयता दिनहुँ बेलुकीपख पानी पर्ने गरेको छ । पश्चिमी वायुसँगै स्थानीय वायु पनि सक्रिय भएकाले पानी परिरहेको मौसमविद् शाक्यले बताउनुभयो । उहाँका अनुसार प्रि-मनसुनमा बिहान मौसम खुले पनि दिउँसो पछि बदली भएर पानी पर्ने हुन्छ । अहिले पश्चिमी वायु सक्रिय भइरहेकाले लगातारजसो मौसम बदली भइ पानी परिरहेको हो ।

उच्च पहाडी र हिमाली जिल्लाका एक/दुई ठाउँमा हिमपातसमेत भएको छ । यसले गर्दा चिसो बढाएको छ । पश्चिमी वायु सक्रिय हुँदा चिसो हावा बहने भएकाले बिहान र बेलुका जाडो नै छ । आज काठमाण्डौ उपत्यकामा पनि बेलुकीपख पानी पर्ने अनुमान छ ।

पछिल्लो २४  घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ ३० मिलिमिटरभन्दा धेरै वर्षा भएको मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया