साउदी अरबसहितका देशले उत्पादन कटौतीको निर्णय गरेसँगै विश्व बजारमा तेलको भाउ आकाशियो

 चैत २०, २०७९ सोमबार १३:४७:५१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

तेल उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेक र ओपेक प्लसको निर्णयले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज साेमवार बिहान एसियाली बजारमा तेलको मूल्य झन्डै छ प्रतिशतले बढेको छ ।

हिजो आइतवार साउदी अरबले अचानक तेल उत्पादन प्रतिदिन १० लाख ब्यारेलले कटौती गरेको घोषणा गरेसँगै विश्व बजारमा तेलको भाउ बढेको हो । साउदी अरबसँगै इराक, यूएई, अल्जेरिया र ओमानले पनि आउँदो मे महिनादेखि उत्पादन कटौती सुरु गरी यो अङ्ग्रेजी वर्षको अन्त्यसम्म जारी रहने निर्णय गरेका छन् । गएकाे वर्ष अक्टोबरमा ओपेक प्लसले दैनिक २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो ।

अमेरिकाले साउदी अरेबियालाई तेल उत्पादनमा कटौती नगर्न दबाब दिइरहेको छ तर साउदी अरेबियाले अस्वीकार गरेको छ । गएकाे वर्ष जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबको भ्रमण गरेर राजकुमार मोहम्मद बिन सलमानसँग तेल उत्पादन बढाउन आग्रह गर्नुभएको थियो । तर साउदीले अमेरिकाको आग्रहलाई अस्वीकार गर्दै आएको छ । 

तेल उत्पादनमा कटौतीको घोषणा गरेपछि विश्वव्यापी मूल्यवृद्धि झनै चुलिने खतरा छ । अब विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्छन् । युवराज मोहम्मद बिन सलमानले अमेरिकाको नीतिलाई निरन्तर अस्वीकार गर्दै आफ्नो स्वार्थअनुसार निर्णय लिइरहनुभएको छ । युवराज मोहम्मद बिन सलमानले अमेरिकाको स्वार्थका लागि साउदी अरेबियाले काम नगर्ने र आफ्नो स्वार्थ र हितका लागि काम गर्ने बताउनुभएको छ । 

यसअघि अमेरिकाको नेतृत्वमा तेल उत्पादन गर्ने राष्ट्रहरूको सङ्गठन ओपेक रहेकोमा केही वर्षअघि साउदी अरब, रुसलगायतका देशले ओपेक प्लस सङ्गठन निर्माण गरेका छन् । तेलको भाउ बढ्दा रुसलाई फाइदा हुने भन्दै अमेरिकाले तेल उत्पादन बढाएर भाउ घटाउन साउदी अरबलाई दबाब दिइरहेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • माधबढकालअमेरि

    April 3, 2023, 1:57 p.m.

    अमेरिकियुगकोअन्त्यकोप्रमाण।

  •  0 Reply

तपाईको प्रतिक्रिया