भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने

 चैत २१, २०७९ मंगलबार ६:५८:८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

मानहानिको मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने भएको छ ।

पुनरावेदन अदालतले तल्लो अदालतको फैसला तत्काल कार्यान्वयन नर्गन भनेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । गान्धीले आफूलाई मानहानि मुद्दामा दोषि ठहर गर्ने तल्लो अदालतको फैसालाविरुद्ध हिजो गुजरातको सुरत अदालतमा पुनरावेदन निवेदन दिनुभएको थियो । पुनरावेदन अदालतले अर्को सुनुवाइ अप्रिल १३ का लागि तोकेको छ ।

अब पुनरावेदनको सुनुवाइ टुंगोमा नपुगेसम्म तल्लो अदालतको फैसला कार्यान्वयन हुने छैन । पुनरोदन अदालतले अर्को पक्षको उपस्थितिबिना अन्तिम फैसला दिन नमिल्ने बताएको छ । सन् २०१९ मा एक राजनीतिक सभामा सबै मोदी किन चोर हुन्छन् भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

अभिव्यक्तिविरुद्ध भारतीय जनता पार्टीका गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले मुद्दा दायर गर्नुभएको थियो । त्यही दोषि ठहर भएसँगै उहाँको सांसद पद खारेज भएको थियो ।  
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया