सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक, कर्मचारी नेपालबाहेक अरू देशमा छैनन् : रविन्द्र मिश्र

 चैत २१, २०७९ मंगलबार १९:१३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरण सम्भव नरहेको दाबी गर्नुभएको छ ।

मङ्गलवार काठमाण्डाैमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक, कर्मचारी नेपालबाहेक कुनै पनि देशमा नरहेको बताउनुभयो । उहाँले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताउनुभयो । उहाँले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलसँग आग्रह गर्नुभयो । उहाँले शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘संसारमा कुनैपनि यस्तो देश छैन, जहाँ सरकारी तलब खाएर, एउटा सरकारी कार्यालयमा सात वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको स्थिति कतै पनि छैन । हामी जस्तोसुकै कानुन लिएर आउँ, त्यो कानुनले नै सार्वजनिक विद्यालयका शिक्षकलाई, सरकारी तलब खाने शिक्षकलाई हामीले राजनीतिबाट रोक्न सकेनौँ भने यो देशमा रूपान्तरण सम्भव छैन । हामी सार्वजनिक शिक्षा सुधारको कुरा गर्छाैँ तर हाम्रा छोराछोरीलाई सार्वजनिक विद्यालयमा राख्दैनौँ । देशमा स्कुलको विद्यार्थीलाई राप्रपा बनाएको छ, कांग्रेस बनाएको छ, कम्युनिस्ट बनाएको, प्राध्यापकलाई त्यही छ । म शिक्षाको राजनीतिककरणलाई जघन्य अपराध भन्छु ।’ 

वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • दीपक अधिकारी

    April 4, 2023, 7:31 p.m.

    शिक्षक कर्मचारीले तलबी रहंदा सम्म राजनिती गर्न हुन्न।यहां त तलबी राजनिती गर्ने छन।कर्मचारीसंग मिलेमतो गरेर देस लुटि रहेछन दिन दहाडै नेताहरुले।देस कंगाल बनाउंदैछन।कर्मचारीहरु नितिगत भ्रष्टाचार र कमिशनमा बिकि रहेका छन।नेपाल बिकासको बाधक नै अहिलेको कर्मचारी तन्त्र र भ्रष्टाचारी नेता हुन।

  •  0 Reply

तपाईको प्रतिक्रिया