अबको ३ दिन पानी पर्ने सम्भावना कम, हावाहुरी चल्ने

 चैत २२, २०७९ बुधबार ९:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अबको तीन दिन पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार बेलुकीपख पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना कम छ । पानी परे पनि एक/दुई ठाउँमा मात्रै पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज (बुधवार), भोलि (बिहीवार) र पर्सि (शुक्रवार) मौसम सामान्यतया सफा नै रहने अनुमान छ । बेलुकीपख बादल लागेका ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना भने रहेको उहाँले बताउनुभयो ।

यस्तै आज देशका धेरै ठाउँमा दिउँसोपछि हावाहुरी चल्ने अनुमान गरिएको छ । विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेश र तराईका जिल्लामा तीव्र गतिमा हुरी चल्ने अनुमान छ । दिउँसोपछिको समयमा खेतबारीमा काम गर्दा र घरबाहिर निस्कँदा सचेत हुने मौसमविद्को सुझाव छ ।

अन्तिम अपडेट: कात्तिक २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया