धनकुटा बजारमा बिजुलीकाे नाङ्गो तार हटाइँदै

 चैत २२, २०७९ बुधबार १३:५४:४८ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । बजार क्षेत्रमा विद्युत् लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउन थालिएको हो ।

पहिलो चरणमा धनकुटाको मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण धनकुटाका प्रमुख प्रह्लाद पोखरेलले बताउनु भयाे । धनकुटा नगरपालिका–७ नं. वडा कार्यालय र नेपाल विद्युत् प्राधिकरणको समन्वयमा हुलाकटोल क्षेत्रमा तार फेर्ने काम भइरहेको छ ।

सडक क्षेत्रमानगर प्रहरी खटाएर विद्युत् प्राधिकरणका कर्मचारीले तार फेर्ने काम गरिरहेका छन् । अब विद्युत् प्राधिकरणसँगको समन्वयमा क्रमिक रुपमा बजार क्षेत्रका सबै नाङ्गो तारहरु हटाइने धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ बताउनु भयाे ।

‘नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम हुन्छ । बजार क्षेत्रमा हेर्दा पनि धेरैवटा तार गज्याङगुजुङ नराम्रो देखिने हुनाले एउटै लठ्ठा भएको एबीसी तार लगाउन थालिएको हो ।’ उहाँले भन्नुभयाे ‘पहिलो चरणमा हुलाकटोल क्षेत्रमा तार फेरिँदैछ । त्यसपछि विद्युत् प्राधिकरणसँग समन्वय गरेर क्रमिक रुपमा बजार क्षेत्रका सबै क्षेत्रमा नाङ्गो तार हटाउँछौँ।'

अन्तिम अपडेट: बैशाख ७, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया