अफगानिस्तानको बेलायती दूतावासमा काम गरेका ११ जना नेपाली सुरक्षा गार्डलाई बेलायतले नेपाल फर्काउने

 चैत २२, २०७९ बुधबार १४:२३:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफगानिस्तानमा रहेको बेलायती दूतावासमा काम गरेका ११ जना नेपाली सुरक्षा गार्डलाई बेलायत सरकारले नेपाल फर्काउने भएको छ ।

एक निजी सुरक्षा फर्ममार्फत् काबुलमा रहेको बेलायती दूतावासमा काम गर्ने नेपालीलाई तालीबानले सत्ता कब्जा गरेपछि बेलायत सरकारले उद्धार गरेर लण्डन पुर्याएको थियो । तर उद्धार गरेर बेलायत पुर्याएको १९ महिनापछि ११ जना नेपालीलाई बेलायत सरकारले देश निकालाको तयारी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

गोर्खा भनेर चिनिने ११ जना नेपाली सुरक्षा बलको यो समूहले १० वर्षसम्म काबुलमा रहेको बेलायती दूतावासको सुरक्षा गरेको थियो । काबुलबाट लण्डन पुगेपछि उनीहरुले निजी क्षेत्रमा काम गर्दै आएकोमा एकाएक प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख छ ।

आफूहरुले कुनै गल्ती नगरेको र जीविकोपार्जनको लागि कानुन अनुसार नै काम गरिरहेको अवस्थामा पक्राउ गरिएको उनीहरुले गुनासो गरेका छन् ।  गएकाे हप्ता लन्डनको एक होटलबाट १० जनालाई हतकडी लगाएर लगिएको केही गोर्खा समूहका वकिलहरूले बताएका छन् ।

एक हप्तादेखि उनीहरु सबैलाई हिथ्रो एअरपोर्ट र ग्याटविक वरपरको इमिग्रेसन रिमुभल सेन्टरमा राखिएको छ । सन् २०२१ मा अफगानिस्तानको राजधानी काबुल तालिबानको नियन्त्रणमा आएपछि ब्रिटिश सेनासँग काम गरेका हजारौँ अफगान र सरकारी कर्मचारीहरूलाई काबुलबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

पक्राउ परेका नेपालीलाई आउँदो वैशाख ६ गते बेलायतबाट नेपाल पठाउने तयारी भइरहेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया