ब्राजिलको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण : चार जना बालबालिकाको ज्यान गयो

 चैत २३, २०७९ बिहीबार ७:२:७ | एजेन्सी
unn.prixa.net

ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण हुँदा चार जना बालबालिकाको ज्यान गएको छ ।

एक २५ वर्षीय आक्रमणकारीले ब्लुमेनाउ शहरमा निजी विद्यालय गुड सेफर्ड सेन्टरमा धारिलो हतियारले आक्रमण गरी चार जनाको हत्या गरेका सान्टा क्याटारिना राज्यका प्रहरी अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा अरु चार जना घाइते भएका छन् । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले विद्यालयमा भएको आक्रमणको निन्दा गर्नुभएको छ ।

उहाँले तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ । सान्ता क्याटारिनाका गभर्नरले घटनापछि स्थानीय क्षेत्रमा तीन दिनको शोक घोषणा गर्नुभएको छ ।
 

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया