सहकारीलाई डिजिटल भुक्तानीमा जाेड्ने उद्देश्यले आईएमई पे र एम बैंकबीच सम्झौता

 चैत २३, २०७९ बिहीबार २०:२८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आईएमई पे र एम बैंकबीच सम्झौता भएको छ ।  

सम्झौतापत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार एम बैंक एपमार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्था तथा संस्थाका सदस्यले आईएमई पे वालेटमा रकम लोड, आईएमई पेबाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ । 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आईएमई पेमा अहिले प्रत्यक्षरूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन् । आईएमई पेका देशभर झन्डै ४५ हजार एजेन्ट रहेका छन् ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया