सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता

 चैत २३, २०७९ बिहीबार २०:१०:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनका राष्ट्रपति सी जिनपिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच बिहीवार बेइजिङमा भेटवार्ता भएको छ ।

भेटवार्तामा म्याक्राेँले विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको बताउनुभयो । 

राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका बाबजुद भएको भेटले रुस–युक्रेन युद्ध अन्त्यका लागि वातावरण बनाउने विश्वास विश्व समुदायले लिएको बताउनुभयाे ।

दुवै पक्षले हाइब्रिड ढाँचामा उच्च आवृत्ति र उच्च गुणस्तरको रणनीतिक सञ्चार कायम गरेको, कोभिड–१९ विरुद्धको लडाइँमा एकअर्कालाई सहयोग गरेको, द्विपक्षीय व्यापारमा बलियो वृद्धि भएको र एअरोस्पेस, उड्डयन, कृषि, खाद्य र अन्य क्षेत्रमा सहयोगका महत्त्वपूर्ण परिणाम देखेको उहाँले बताउनुभयो । 

जलवायु परिवर्तन, जैविक विविधता र अफ्रिकाको विकासजस्ता विषयमा दुई देशबीच घनिष्ठ संवाद र समन्वय पनि भएको सीले बताउनुभयो । 

अहिले विश्व गम्भीर ऐतिहासिक परिवर्तनबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र फ्रान्स संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का स्थायी सदस्य तथा स्वतन्त्रताको परम्परा बोकेका प्रमुख देश भएको उल्लेख गर्नुभयो । 

‘चीन र फ्रान्स बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रका पक्षधर हुन् । मतभेद र अवरोधबाट माथि उठ्ने, स्थिर, पारस्परिक लाभप्रद, उद्यमशील र गतिशील व्यापक रणनीतिक साझेदारीको समग्र दिशामा अघि बढ्ने र विश्व शान्ति, स्थिरता र समृद्धिका लागि साँचो बहुपक्षीयताको अभ्यास गर्ने क्षमता र जिम्मेवारी उनीहरूसँग छ’, उहाँले भन्नुभयाे ।

राष्ट्रपति म्याक्रोँको चीन भ्रमण विश्वसँग चीनको पूर्णरूपमा खुला आर्थिक सम्बन्ध सुरु भएपछि र सीको ‘दुई कार्यकाल’ को सफल समापनपछि भएको हो । 

चिनियाँ राष्ट्रपति सीले यो भ्रमणले चीन–युरोप सम्बन्धमा नयाँ गति प्रदान गर्ने र नयाँ ऊर्जा ल्याउने बताउनुभयो ।

अन्तिम अपडेट: असोज १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया