पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिनुभएको छ ।
विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा देखिएको मन्दीका कारण सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने उहाँको प्रक्षेपण छ । अर्को हप्ता आईएमएफ र विश्व बैंकको बैठकअघि तयार पारेको रिपोर्टबारे जानकारी दिँदै प्रबन्ध निर्देशक जर्जिएभाले कमजोर देशका लागि आर्थिक वृद्धिको यो तथ्याङ्कले केही क्षति पुग्न सक्ने बताउनुभयो ।
रुस–युक्रेन आक्रमणको असरले विश्व अर्थतन्त्रमा तरङ्ग ल्याउँदा गएको वर्ष विश्वको आर्थिक वृद्धिदर झन्डै आधा घटेर तीन दशमलव चार प्रतिशतमा झरेको थियो ।
तर यस वर्ष एसियाका उदीयमान बजारहरूले आर्थिक उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । भारत र चीनले यस वर्षको सबै वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरेका छन् । समग्रमा विश्वका ९० प्रतिशत विकसित अर्थव्यवस्थाका लागि अपेक्षित मन्दीले आर्थिक वृद्धिको सुखद अवस्थालाई पछि पार्ने देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।