चीनको सेनाले ताइवानलाई घेरा हाल्ने अभ्यास थाल्यो

 चैत २५, २०७९ शनिबार १४:५६:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनको सेनाले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ । ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमण र उच्चस्तरीय भेटवार्ताको विरोध स्वरुप चीनले ताइवान टापु घेरा हाल्ने सैन्य अभ्यास गरेको बीबीसीले जनाएको छ ।  

चीनले ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी पनि दिएको छ । ताइवानको रक्षा मन्त्रालयले ४२ वटा चिनियाँ सैन्य विमान र आठ वटा  लडाकु पानी जहाजले चीन र ताइवान छुट्याउने मध्य रेखा पार गरेको जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै प्रान्त मान्दै आएको छ भने ताइवानले आफूलाई एक स्वतन्त्र देश दाबी गर्दै आएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले अहिले चलिरहेको सैन्य अभ्यासले ताइवान टापुलाई चीनले जुनसुकै बेला कब्जा गर्न सक्ने सामर्थ्य देखाउन खोजेको बताएका छन् ।

चिनियाँ सेनाले ताइवान वरपर लामो दूरीका रकेट, मिसाइल, लडाकु विमान, बमवर्षक लगायतका अत्याधुनिक हतियार तैनाथ गरेको छ । केहि समय अघि भएको चिनियाँ जनकंग्रेसको बैठकमा राष्ट्रपति सि जिनपिङले ताइवानलाई चीनकै प्रान्तको रुपमा राख्न जुनसुकै बेला बल प्रयोग गर्न सक्ने बताउनुभएको छ ।

ताइवान मुद्दालाई लिएर चीन र अमेरिकाबीच सम्बन्ध बिग्रँदै गएको छ । अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने र ताइवान वरपर अत्याधुनिक हतियारसहितका सेना परिचालनको काम गरिरहेको छ । यसलाई चीनले अधिनायकवादी काम भएको आरोप लगाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया