इरानका विभिन्न विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढ्यो

 चैत २६, २०७९ आइतबार ७:१२:३० | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्बिर

इरानका विभिन्न विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढेको छ । नोभेम्बरको अन्त्यदेखि छात्राकाे मात्र पढाइ हुने विद्यालयहरूमा ग्यास वा विषाक्त पदार्थको सेवनका घटना हुँदै आएका छन् ।

पछिल्लो विवरण अनुसार देशका ३१ प्रान्तमध्ये २५ वटामा रहेका २ सय ३० वटाभन्दा बढी विद्यालयमा पाँच हजार जनाभन्दा धेरै विद्यार्थीहरू विषाक्तताबाट प्रभावित भएका छन् । कतिपय अवस्थामा विद्यार्थीहरू बेहोस हुने र अस्पताल भर्ना हुने गरेका छन् ।

खुजेस्तानको हाफ्टकेल सहरको एक विद्यालयमा कम्तीमा ६० जना विद्यार्थीलाई विषाक्त पदार्थ खुवाइएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । त्यस्तै, पश्चिम अजरबैजान प्रान्तको उर्मियामा पनि धेरै छात्राहरू बिरामी भएपछि हिजो अस्पताल लगिएको छ ।

यी घटनाको छानबिनका लागि राष्ट्रिय अनुसन्धान समितिका प्रमुख सांसद हामिदरेजा काजेमीको नेतृत्वमा समिति बनेको छ । समितिले अन्तिम प्रतिवेदन दुई हप्ताभित्र सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ । 

अन्तिम अपडेट: असोज १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया