एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै - नेपाल टेलिकमले ‘फोरजी’ सेवा आउँदो वर्षको सुरुमै शतप्रतिशत पुर्याउने तयारी गरेको छ । अब १४ वटा पालिकामा फोरजी सेवा पुग्न बाँकी रहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताउनुभयो । उहाँका अनुसार ७७ जिल्लाका सात सय ३९ पालिकामा सेवा विस्तार भएको छ। अति विकट क्षेत्रका १४ पालिकामा सेवा पुर्याउन बाँकी छ । यी क्षेत्रमा पनि विस्तार गर्नका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयनको काम अघि बढेको छ ।
फोरजी सेवा अहिले ९९ प्रतिशत सम्पन्न भएको र बाँकी जिल्लामा योजना कार्य पूरा गरी कार्यान्वयनको क्रममा रहेको प्रवक्ता अधिकारीले बताउनुभयो । सुगमदेखि दुर्गम र विकट ठाउँमा एउटै मूल्यमा दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा फोरजी विस्तारको कार्यअघि बढाएको थियो ।
मोबाइल सेवामा अत्याधुनिक प्रविधि र अतिरिक्त सुविधासहित फोरजी सेवाका लागि आवश्यक परियोजना सुरु गरेको हो । टेलिकमले पहिलो पटक काठमाण्डाै र पोखरामा २०७३ साल पुस १७ गतेदेखि फोरजी सेवा सुरु गरेको थियो।
ग्राहकलाई डिजिटल फ्रेमवर्कमा जोड्नका लागि आउँदो वर्षमा बाँकी पालिकामा फोरजी सेवा र अप्टिकल फाइबर पुर्याउने काम प्राथमिकताका साथ अगाडि बढाउने प्रवक्ता अधिकारीले बताउनुभयो । देशैभर टेलिकमले विस्तार गर्ने फोरजीको नेटवर्क पाँचौँ पुस्ताको अत्याधुनिक फाइभजी सेवा विस्तार गर्नका लागि पूर्वाधारका रूपमा उपयुक्त हुने टेलिकमले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।