८ महिनामा ७ खर्ब ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

 चैत २८, २०७९ मंगलबार १६:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साउनदेखि फागुनसम्म सात खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको आठ महिनाको तुलनामा २५ दशमलव ३ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको आठ महिनामा रेमिट्यान्स १ दशमलव ३ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स १४ दशमलव ८ प्रतिशतले बढेर छ अर्ब नाै करोड पुगेको छ । अघिल्लो वर्ष २ दशमलव ६ प्रतिशतले घटेको थियो ।

यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५४ दशमलव ३ प्रतिशतले बढेर तीन लाख ५१ हजार सात सय ६१ जना पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ८ प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पाँच सय ५९ जना पुगेको छ । अघिल्लो वर्षको आठ महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ सय ४० प्रतिशतले बढेको थियो ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया