म्यानमारको सागिङ क्षेत्रमा सेनाको अहिलेसम्मकै घातक आक्रमण

 चैत २९, २०७९ बुधबार १९:३७:२७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

म्यानमारको सेनाले गरेको हवाई आक्रमणमा एक सयभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । यसलाई म्यानमारमा जारी गृहयुद्धमा सबैभन्दा घातक सैन्य आक्रमण मानिएको बीबीसीले जनाएको छ ।

म्यानमारको सेनाले उत्तर–पश्चिममा रहेकाे सागिङ क्षेत्रमा आक्रमण गरेको हो । आक्रमणमा मारिनेहरूको अहिलेसम्म कम्तीमा ८० वटा शव निकालेको र सङ्ख्या बढ्ने अनुमान गरिएको प्रत्यक्षदर्शीले बताएका बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।

सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो । सैनिक शासनविरुद्ध सागिङ क्षेत्रमा महिनौँदेखि उग्र प्रतिरोध जारी छ । देशमा भइरहेकाे गृहयुद्धलाई दबाउन सेनाले गरेको यो सबैभन्दा घातक आक्रमण हो । 

यसैबीच संयुक्त राष्ट्र सङ्घले यस आक्रमणको निन्दा गरेको छ । सन् २०२१ को फेब्रुअरीमा कू पछि सत्तामा आएको सेनाले आफ्ना विपक्षीहरूको आवाज दबाउन लगातार हवाई आक्रमण गरिरहेको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया