भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

 चैत २९, २०७९ बुधबार २०:२०:४० | एजेन्सी
unn.prixa.net

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन 'विश्व आर्थिक परिदृश्य' मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मूल्यवृद्धि, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरिएको हो ।

आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३/२४ मा भारतको आर्थिक वृद्धिको ६ दशमलव १ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५ दशमलव ९ प्रतिशतमा सीमित हुने उल्लेख छ । आर्थिक वृद्धिको प्रक्षेपणमा गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने आईएमएफले जनाएको छ ।

आईएमएफको वृद्धि प्रक्षेपण भारतीय रिजर्भ बैंक (आरबीआई) को अनुमानभन्दा कम हो । भारतको केन्द्रीय बैंकले आर्थिक वर्ष २०२३/२४ मा आर्थिक वृद्धि ६ दशमलव ४ प्रतिशत हुने आकलन गरेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया