हुक्का सेवनकर्ता वयस्कमा मुटुसम्बन्धी रोगको जोखिम

 चैत ३०, २०७९ बिहीबार ६:४५:५२ | एजेन्सी
unn.prixa.net

हुक्का सेवनकर्ता वयस्कमा मुटुसम्बन्धी रोगको जोखिम बढेको एक अध्ययनले देखाएको छ । कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हुक्का सेवन र मुटुसम्बन्धी रोगबीच बलियो सम्बन्ध रहेको जनाएका छन् ।

हुक्काको प्रयोग गर्ने वयस्कहरूमा मुटुरोगको जोखिम धेरै हुने अध्ययनको निष्कर्ष रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

शिशा धुम्रपान वा वाटरपाइप धुम्रपानको थालनी मध्यपूर्वबाट भएको मानिन्छ । यो क्षेत्रमा हुक्का सेवनलाई एक सामाजिक प्रतिष्ठासँग हेर्ने चलन छ । तर कतार युनिभर्सिटीको कलेज अफ मेडिसिनमा आधारभूत स्वास्थ्य विज्ञानका सह–प्राध्यापक सुसु जुगियरले गरेको अध्ययनमा कतारमा रहेका एक हजारभन्दा धेरै वयस्क सहभागीको तथ्याङ्क विश्लेषण गरिएको छ ।

अध्ययनपछि कतार युनिभर्सिटीले निकालेको विज्ञप्तिमा सानै उमेरदेखि हुक्का सेवन गर्दा मुटुरोगको जोखिम अझै धेरै हुने उल्लेख छ । अध्ययनले कतारमा मात्र नभइ अन्य देशहरूमा पनि सार्वजनिक स्वास्थ्यको विषयलाई मिलेर सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

अन्तिम अपडेट: असोज १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया