महासङ्घ चुनाव : ५० प्रतिशत नकटेपछि दाेस्राे चरणमा, उमेश र अञ्जनबीच प्रतिस्पर्धा हुने

 चैत ३०, २०७९ बिहिबार १२:५८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदको लागि पुनःचुनाव हुने भएको छ । बुधवार हिजाे भएको चुनावमा वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत मत ल्याउन नसकेकाले पुनः चुनाव हुन लागेको हो ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । रामचन्द्र सङ्घाई भने चुनावी प्रतिस्पर्धाबाट बाहिरिनु भएकाे छ । पहिलो चरणको मतदानमा अञ्जनले ३७ दशमलव ९९, उमेशले ३१ दशमलव ९९ र रामचन्द्रले ३० दशमलव ४६ मत ल्याउनु भएका मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले बताउनु भयो ।

उहाँले महासङ्घमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भए पनि चुनावी प्रतिस्पर्धामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नपुग्ने भएकाले पुनः दुई जना उम्मेदवारबीच चुनाव हुने बताउनु भयो । उहाँले महासङ्घको विधान अनुसार कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने बताउनु भयो । उहाँले वरिष्ठ उपाध्यक्षको लागि दोस्रो चरणको मतदान २ बजेदेखि ५ बजेसम्मका लागि तोकिएको बताउनु भयो ।

चुनावले आउँदाे ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । महासङ्घको उपाध्यक्षमा रामचन्द्र सङ्घाई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना निर्वाचित भएका छन् । जिल्ला नगर र एसोसिएटमा सङ्घाई समूहबाट उपाध्यक्ष निर्वाचित भएका छन् । जिल्ला नगरमा सुरकृष्ण वैद्य र एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ निर्वाचित हुनुभएको छ  ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया